देशमा दिनभर : ‘शालिनको मृत्युबारे पोष्टमार्टम रिर्पाेट देखि नेपाल र नेदरल्याण्डको फाइनल तय’ सम्म हेर्नुहोस्

कपिलवस्तु । ई साझाकुरा । आज मिति २०८० फाल्गुण २० गते । आज दिनभर देशमा विभिन्न घटना परिघटना तथा समसामयिक विषयवस्तु बाहिर आएका छन् । यस मध्ये साझाकुराले पाठकहरुका लागि आज दिनभरका मुख्य मुख्य दश खबरलाई प्राथामिकताका साथ यो पृष्ठमा समावेश गरेको छ ।

आज दिनभर संक्षेप

चितवनकी विद्यार्थी शालिन पोखरेलकाे झुण्डिएर मृत्यु भएकाे शव परीक्षण प्रतिवेदनमा उल्लेख गरिएकाे छ । घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि रास्वपा सभापति रवि लामिछानेसम्मले घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । 

राष्ट्रियसभा अध्यक्ष, दुई जना राज्यमन्त्रीसहित २० सांसदको कार्यकाल सकिएकाे छ । उनीहरूकाे आजै बिदाइ गरिएकाे छ । गत ११ माघमा निर्वाचित १९ जना सांसदले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिबाट एक जना सांसद मनोनीत हुन बाँकी छ  ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले समयसापेक्ष संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संविधान जारी हुनुमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको ऐतिहासिक भूमिका रहेको उनले स्मरण गरे । 

पश्चिमी वायुका कारण काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा भएकाे छ । बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका धेरैजसो भागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । 

सरकार र दुग्ध सहकारी संघबीच पाँचबुँदे सहमति भएकाे छ । याेसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

दलाई लामाकाे विषयलाई लिएर लुम्बिनी शिखर सम्मेलन विवादमा तानिएकाे छ । दलाई लामा ल्याउने अमेरिका, युरोपेली देशहरू र भारतको चाहना छ । तर, चीनको भने विरोध छ । विरोधपछि लामा लुम्बिनी शिखर सम्मेलनमा नआउने तर सन्देश भने सुनाउने प्रयास जारी छ । 

९३ जना विरामीलाई बलात्कार गरेको आरोपमा इजिप्टमा एक जना डाक्टरलाई अदालतले  मृत्युदण्डकाे सजाय सुनाएकाे छ । वर्षाका कारण खेल रोकिएपछि त्रिकोणीय टी– २० आई सिरिजमा नेदरल्यान्ड्स र नामिबियाले एक–एक अंक बाँडेका छन् । उपाधिका लागि अब नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । 

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) बारे प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा छलफल गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री दाहालले आज छुट्टाछुट्टै छलफल गरेका हुन् ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम थियो । उनको स्वागतका लागि दुई सय किलोको माला उनेर राखिएको थियो । अध्यक्ष ओली नआएर उपाध्यक्ष पौडेल आउने कार्यक्रम तय भएपछि सोही मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको नेकपा एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरु सुरक्षित रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गभर्नर अधिकारीले बैंकहरुलाई राष्ट्र बैंकले मनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरु सुरक्षित रहेको बताएका हुन् ।

उनले नेपालका बैंकहरुको अवस्थालाई हेरेर नै विदेशी बैंकहरुले नेपाललाई विश्वास गरिरहेको धारणा राखे । गभर्नर अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने अराजक हल्लाहरु बजारमा चलाइएकाले ऋण असुलीमा केहि समस्या देखिएको जिकिर गरे ।

नेपाल र नेदरल्याण्ड्स राजधानीमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पुगेका छन् । आइतबार नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएसँगै दुबैले टिमले एक-एक अङ्क बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल पुगेका हुन् ।

प्रतिक्रिया