

भलवाडमा प्रयास सामाजिक युवा क्लवद्धारा देउसी भैलोको रकमबाट ‘सिसीटिभी क्यामेरा’ जडान


साझाकुरा, भलवाड । कपिलवस्तुको बाणगंगामा एक युवा क्लवले देउसी भैलोबाट संकलित रकमबाट गाउँमा सिसिटिभी क्यामेरा जडान गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थिगत भर्तापुरमा प्रयास सामाजिक युवा क्लवले देउसी भैलोबाट संकलित रकमबाट सिसिटीभी क्यामेरा जडान गरेको हो ।
प्रयास सामाजिक युवा क्लव भर्तापुरको देउसी भैलो कार्यक्रम २०८० सुरक्षित भलवाडको परिकल्पनाका साथ संचालन गरिएकोमा सो कार्यक्रबाट संकलित रकमबाट वडा नम्बर ९ को भर्तापुर स्थित बनगाई–सिमलपानी सडक खण्डको भर्तापुरमा दुई थान क्यामेरा जडान गरिएको क्वलका अध्यक्ष हिमु खनालले बताउनुभयो ।
क्लवले भलवाड भरि नै मुख्य सडक खण्डका विभिन्न स्थानमा क्यामेरा जडान गरी सुरक्षित भलवाडको परिकल्पना गरेको उहाँको भनाई छ । तत्काल क्लवको बजेट अनुसार नाइटभिजन दुई थान क्यामेरा भर्तापुर स्थित शिवालय मन्दिर (संगम टोल) मूल सडक क्षेत्रलाई निगरानी गर्ने गरी जोडिएको क्लवका कोषाध्यक्ष बिष्णु पाण्डेले जानकारी दिनुभयो । सडक दुर्घटना तथा विभिन्न समयमा हुन सक्ने आपाराधिक गतिविधिहरुको तथ्यपरक निगरानीका लागि पनि अहिले ठाउँ ठाउँमा डिजिटल पद्धतिको विकास भएका बेला प्रयास सामाजिक युवा क्लवले पनि सामाजिक क्षेत्रका नकारात्मक गतिविधिलाई नियमन गर्नका लागि यो योजना बनाएको उहाँल ेबताउनुभयो ।
यस वर्ष क्लवका पदाधिकारी तथा सदस्यहरुले भलवाडमा सिसिटीभि क्यामेरा जडाको परिकल्पना सहित देउसी भैलो आयोजना गरिएको भए पनि लक्ष्य अनुसारको बजेट बनाउन नसक्दा भलवाडका अन्य क्षेत्रमा तत्काल क्यामेरा जडान गर्न नसकिएको क्लवले जनाएको छ । यहाँका अन्य संघ संस्था र निकायसँग आपसी सहकार्य गरी आगामी समयमा पुरै भलवाडलाई सुरक्षित भलवाडको रुपमा विकास गर्ने योजना रहेको पनि क्लवले उल्लेख गरको छ ।
प्रयास सामाजिक युवा क्लवले गरेको यो सामाजिक कार्यको स्थानीयले समेत प्रशंसा गरेका छन् । युवा क्लवले सामाजिक क्षेत्रका काममा समेत अग्रसरता देखाएको स्थानीयको भनाई छ ।
यस अघि पनि गत वर्षको देउसी भैलो कार्यक्रममा संकलित रकमबाट यो क्लवले स्थानीय सामुदायिक विद्यालयमा ५० हजार रकमको अक्ष्यकोष स्थाना गरेको थियो भने विभिन्न महामारी र विपदमा समेत राहत वितरणका कार्यक्रम संचालन गरेको थियो । क्लवका अध्यक्ष हिमु खनालले सबै सदस्य र भलवाडबासीले प्रयास सामाजिक युवा क्लवलाई अहिले सम्म राम्रो साथ र सहयोग गरेको बताउनुभएको छ । हाल जडान गरिएको सिसिटीभी क्यामेराबाट समाजिक सुरक्षाका साथै, सडक दुर्घटना, सो क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा कुनै पनि जघन्य गतिविधिको निगरानी हुने बताउनुभयो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया