

१ अर्ब रुपैयाँभन्दा धेरै डीडीसीले किसानलाई भुक्तानी दिन बाँकी


काठमाण्डौ । पाउडर दूध र मख्खनको स्टक बढ्दै गएपछि किसानलाई तिर्नुपर्ने रकम दिन समस्या भएको विभिन्न निकायले बताएका छन् । दूधमा छ अर्ब रुपैयाँभन्दा धेरै बक्यौता रहेको किसानको दाबी छ ।
किसानलाई दूधको पैसा दिनुपर्ने निकाय डेरी उद्योग सङ्घ, नेपाल डेरी एशोसिएसन तथा दुग्ध विकास संस्थान हुन् । दुग्ध विकास संस्थान अर्थात् (डीडीसी) ले किसानलाई एक अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिनुपर्नेछ । अरू झन्डै पाँच अर्ब रुपैयाँ निजी क्षेत्रका डेरीको बक्यौता रकम हो । किसानलाई दिनुपर्ने भुक्तानीमा आफूहरू गम्भीर नै रहेको र केही दिनमै निकास निस्कने नेपाल डेरी एशोसिएसन र दुग्ध विकास संस्थानका प्रतिनिधिले बताएका छन् ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाकाअनुसार अहिले भुक्तानीमा समस्या आउनुको मुख्य कारण पाउडर दूध र मख्खन खपत नभएर हो । डीडीसीमा प्रतिमहिना १५ लाख लिटर बराबरको पाउडर दूध थुप्रिँदा समस्या भएको उहाँको भनाइ छ । डीडीसीमा मात्रै सवा एक अर्ब रुपैयाँ बराबरको पाउडर दूध र मख्खन मौज्दात रहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नौ लाख किलो पाउडर दूध र सात लाख किलो मख्खन मौज्दात छ । डीडीसीले विभिन्न ४३ जिल्लामा उत्पादन भएको दूध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै उपभोक्तामाझ पुर्याउँदै आएको छ ।
किसानको बक्यौता डीडीसीमा झन्डै एक अर्ब १० करोड रहेको र यो बक्यौता घटाउन तत्काल सरकारसँग ३० करोड रुपैयाँ सहुलियत ऋण माग गरेको उहाँको भनाइ छ । अबको एक हप्ताभित्रै सरकारले आफूहरूलाई सहुलियत ऋण उपलब्ध गराउने र यसबाट किसानको बक्यौता भुक्तानीमा सहज हुने महाप्रबन्धक झाले बताउनुभएको छ । दूध उत्पादक किसानले भुक्तानीको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका छन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया