

टी-२० सिरिज : नेपाल आज नमिबियासँग खेल्दै


आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज मंगलबार नामिबियासँग खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ।
यसअघि आईसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भएको ओडीआई सिरिजको दुई खेलमा नै नेपाल नामिबियासँग पराजित भएको थियो।
सिरिजको दोस्रो खेलमा नेपालले भोलि बुधबार नेदरल्याण्डस्सँग खेल्नेछ।
सिरिजको पहिलो खेलमा नेपालले फागुन १५ गते नामिबियासँग खेल्नेछ। १६ गते नेपालले नेदरल्याण्डस्सँग खेल्नेछ। १७ गते नेदरल्याण्डस् र नामिबिया भिड्नेछन्।
१८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ। भने १९ गते आफ्नो अन्तिम खेलमा नेपालले नेदरलल्याण्डस्सँग खेल्नेछ। सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन्।
शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल २२ गते हुने तालिका छ।
टी–२० खेल्ने टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया