

दादुरा–रुबेला खोप : कपिलवस्तुमा २ लाख बढी बालबालिकालाई लगाइँदै





कपिलवस्तु। कपिलवस्तुका दशवटै पालिकामा रहेका करिब २ लाख बढी बालवालिकाहरुले यसपटक दादुरा रुबेला बिरुद्धको खोप लगाउदैँ छन् । जिल्लामा अभियानकै रुपमा यो खोप लगाउन लागिएको हो । बालबालिकामा हुने जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य कार्यालय, कपिलवस्तुले यहाँका १० वटा स्थानीय तहका २ लाख ९ हजार ८ सय ५९ जना बालबालिकालाई दादुरा–रुवेला विरुद्धका खोप खोप लगाइँदैछ ।
फागुन १३ देखि २४ गते सम्म जिल्लाको १० वटै पालिकाका भित्रका ९ महिना देखि १५ बर्ष उमेरका बालबालिकालाई खोप लगाईने भएको हो । जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ९ हजार ८ सय ५९ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद सिंह चौधरीका अनुसार यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुनेछ । सो अभियान अन्तर्गत कपिलवस्तुका १० वटै पालिकामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ९ हजार ८ सय ५९ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य छ । उनले लक्ष्य पुरा गर्ने उद्देश्यका साथ दादुरा–रुबेला खोप अभियानको सुरुवात हुने बताए ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख चौधरीका अनुसार कपिलवस्तु नगरपालिका र विजय नगर गाउँपालिकामा फागुन १३ गते देखि २१ गते सम्म लगाईने भएको छ । यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकामा १५ गते देखि २१ गते सम्म लगाईने छ त्यस्तै वाणगंगा, शिवराज, महाराजगंज र कृष्णनगर नगरपालिकामा १८ गते देखि २४ गते सम्म र बुद्धभुमी नगरपालिकामा २२ गते देखि २८ गते सम्म लगाईने भएको छ ।
जस मध्ये कपिलवस्तु नगरपालिकामा २६ हजार ९ सय १०, शिवराज नगरपालिकामा २६ हजार ७ सय २६, बुद्धभुमीमा २२ हजार ८ सय ९५ बालवालिकालाई खोप दिइदैँ छ । यस्तै बाणगंगामा २१ हजार ८ सय ५९, कृष्णनगर २२ हजार ८ सय ४४, महाराजगंजमा २१ हजार ८ सय ३६, मायादेविमा १९ हजार १ सय ७, शुद्घोधनमा १८ हजार १ सय १६, यशोधरामा १४ हजार ९ सय ६१, त्यस्तै गरी विजयनगरमा १४ हजार ५ सय ११ रहेका छन ।
यो अभियान कपिलवस्तु जिल्लाका ८ सय ५६ विद्यालयहरुमा सञ्चालन हुने भएको हो । जसमा २ सय २२ जना स्वास्थ्यकर्मी र १ हजार ७ सय १२ जना स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन भएका छन ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया