रबि लामिछाने शनिवार कपिलवस्तु आउँदै

कपिलवस्तु । यस अघि पटक पटक कपिलवस्तु आउने भनिए पनि कपिलवस्तुका कुनै कार्यक्रममा सहभागी नभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार कपिलवस्तु आउने पक्का भएको छ । उनी भोली शनिबार रास्वपा कपिलवस्तुले आयोजना गरेको खुला सभालाई सम्बोधन गर्न कपिलवस्तु आउने भएका हुन ।

शनिबार बाणगंगाको चारनम्बर स्थित बुद्धरङ्गशालामा आयोजना हुने खुला सभालाई रास्वपा पार्टी सभापति लामिछानेले विशेष सम्बोधन गर्ने रास्वपा कपिलवस्तुले जनाएको छ ।

पार्टी स्थापना भएको छोटो समयमै राष्ट्रको चौथो पार्टी बनी छुट्टै पहिचान बनाउन सफल भएको पार्टीका सभापति आउनेभएकाले सम्पुर्ण जिल्लावासीलाई बुद्धरङ्गशालामा आई कार्यक्रमलाई भब्य रुपमा सफल पार्न जिल्ला सभापति शिव कुमार सुवेदीले आह्वान समेत गरेका छन् । लामिछाने आउने भएपछि रास्वपा कपिलवस्तुले प्रचारप्रसारलाई व्यापक बनाएको छ । रबि लामिछाने शनिबार बिहान ११ बजे बुद्ध रंगशालामा आउने तय भएको बताइएको छ ।

लामिछाने आउनेभएपछि रास्वपाले सुरक्षा समिति, प्रचार प्रशार समिति, मञ्च व्यवस्थापन समिति लगायत विभिन्न समिति गठन गरेर तयारी गरिरहेको जिल्ला सभापछि सुवेदील बताए । यसअघि २ पटकसम्म लामिछाने कपिलवस्तु आउने भनेर हल्ला भएको थियो । तर अन्तिम समयमा बिभिन्न कारण देखाउँदै रवि पुग्न सकेका थिएनन् ।

केही साता अघि लामिछाने छिमेकी जिल्ला अर्घाखाँचीमा आया्ेजना गरिएको कार्यक्रमलाई सम्बेधन गर्न पुगेका थिए । उक्त सभामा नागरिकको उपस्थिति अपत्यारिलो संख्यामा ठूलो भएपछि त्यसको देशभर चर्चा समेत भएको थियो । भोली कपिलवस्तुमा समेत लामिछानेको कार्यक्रममा ठूलो संख्यामा नागरिकहरुलाई उपस्थित गराउने रास्वपा कपिलवस्तुले कसरत गरिरहेको छ ।

प्रतिक्रिया

खबर सबै