

थप ५० दिन रातको समयमा सिद्धार्थ राजमार्ग बन्द हुने


बुटवल। सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ ।
सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी गराएको हो ।
यसअघि १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ । यसलाई दोस्रो चरणमा विस्तार गरी २७ चैतसम्म पुर्याइएको आयोजनाले जनाएको छ ।
पहिलो चरणमा ७ फागुनसम्म राजमार्ग बन्द रहने गरी निर्णय गरिएको थियो । माघे संक्रान्ति पर्वलाई लक्षित गरी दुई दिन राजमार्ग २४ सै घण्टा खुला गरिएको थियो ।
सुरुङमार्गको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एकरदुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएपछि आयोजनाले प्रशासनको सहयोगमा रागमार्ग बन्द गरी काम भइरहेको छ ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया