
कपिलवस्तुमा लागूऔषध सहित एकजना पक्राउ

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय पिपराले लागु औषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका ११ जहदीका सुरज चौधरीलाई लु २२ प ७५० नम्बरको सुपर स्पेलेण्डर मोटर साईकलमा सवार रहेको अवस्थामा १२ ग्राम ५५० मिलिग्राम खैरो हिरोईन सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिनु भयो ।
कपिलवस्तु नगरपालिकाको वडा नं. ११ बनगाई बग्दी भित्रि सडक खण्डबाट बिशेष सुचनाका आधारमा चेकजाच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका लागु औषध कारोवार गर्ने र लागु औषध प्रयोग कर्ता धेरै भएका कारण पनि लागु औषध नियन्त्रमा निकै चुनौती रहेता पनि प्रहरी निरिक्षक रायमाझी आएको पछि ६ महिना पुरा हुदा ३३ जना लागु औषध कारोवारीबाट ४५ ग्राम ६५ मिलि ग्राम लागुऔषध बरामद भएको बताउनु भयो ।
यहाँको मुख्य समस्याको रुपमा रहेको लागु औषध नियन्त्रमा वाणगंगा नगरपालिकामा धेरै चुनौती रहेता पनि स्थानीयको सहयोगबाट धेरैलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी निरिक्षक रायमाझीले बताउनु भयो ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया