
कपिलवस्तु बस दुर्घटना अपडेट : मृत्यु हुनेमा ३ महिला र ७ पुरुष

कपिलवस्तु — पूर्व(पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका(१ दोबाटाको घुम्तीबाट बुधबार मध्यरातमा यात्रुवाहक बस खोलामा खस्दा १० यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेका छन् ।
१० जना मध्ये एक जना रौतहटका नारायणबहादुर भण्डारीको मात्र सनाखत भएको डीएसपी हरिबहादुर वलीले बताए । महेन्द्रनगरबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खस्दा दुर्घटना भएको हो ।
सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।
९ मृतकको नाम अझै खुलेको छैन । घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया