

नेदरल्यान्ड्स र नामिबियाविरूद्धको लिग-२ को सिरिजका लागि अनिल र देव पनि राष्ट्रिय टिममा



नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाविरूद्धको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ।
वैकल्पिकमा रहेका ब्याटरद्वय अनिलकुमार साह र देव खनाललाई समेट्दै क्यानले १५ सदस्यीय टिम घोषणा गरेको छ। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेपछि क्यानले अनिल र देवलाई वेकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको हो। अनिलले पछिल्लो दुई खेलमा क्रमश अर्धशतक र शतक प्रहार गरेका थिए। अन्तिम खेलमा ब्याटिङको पालो नपाएका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए।
यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन्।
लिग-२ का लागि नेपाली टिम
रोहित पौडेल, आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह।
आइसिसी लिग-२ बिहीबारदेखि नेपालमा सुरु हुँदैछ। सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग-२ पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।
आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।
बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले फागुन ३ मा नामिबियासँग पहिलो खेल खेल्दैछ। यस्तै फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ।
यस्तै फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ।
खेल तालिका
नेपाल भर्सेस नामिबिया – फागुन ३
नेपाल भर्सेस नेदरल्यान्ड्स – फागुन ५
नेपाल भर्सेस नामिबिया – फागुन ९
नेपाल भर्सेस नेदरल्यान्ड्स – फागुन १३
लिग-२ खेल्ने टिमहरु
क्यानडा
नामिबिया
नेपाल
नेदरल्याण्ड्स
ओमान
स्कटल्याण्ड
संयुक्त अरब इमिरेट्स
संयुक्त राज्य अमेरिका


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया