

रामग्रामको जग्गा लिजमा दिने सम्झौता रद्द





काठमाडौँ : गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्रामको जग्गा भाडामा दिएर संरचना बनाउने सम्झौता रद्द गर्ने सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयनमा गएको छ ।
समितिको निर्देशनपछि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको कोष कार्यकारिणी समितिको बैठकले समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गएको आइतबार मात्रै सबै प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।
कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्ति भएलगत्तै नेपाल सरकारको पूर्वस्वीकृतिबिनै पुरातात्विक सम्पदा क्षेत्र ‘द प्रमिष्ड ल्याण्ड प्रालि’ नामक कम्पनीलाई ९९ वर्षसम्म लिजमा सुम्पने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
मन्त्री किरातीले कोषको कार्यकारिणी समितिको निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र लुम्बिनी कोषलाई जानकारी दिइएको बताए ।



खबर सबै
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ











प्रतिक्रिया