![](https://esajhakura.com/wp-content/uploads/2022/03/final-GIF.gif)
कस्तो रहनेछ आजको मौसम ?
![](https://i0.wp.com/esajhakura.com/wp-content/uploads/2023/08/mausam.jpg?fit=640%2C335&ssl=1)
![](https://esajhakura.com/wp-content/uploads/2024/05/Chand-policlinic.gif)
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
![](https://esajhakura.com/wp-content/uploads/2020/12/belbase-suppliers-final-ads.gif)
प्रतिक्रिया