वाणगंगाको शिक्षाको विषय लिएर एमाले बिरुद्ध काँग्रेसको कडा प्रेस विज्ञप्ती

बाणगंगा : नेपाली काँग्रेस बाणगंगा नगर कार्यसमितिले नेकपा एमाले बाणगंगा नगर कमिटिले जारी गरेको प्रेस विज्ञप्ति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमाले बाणगंगा नगर कमिटीले गत साउन ४ गते नेपाली कांग्रेस, वाणगंगा नगर कार्यसमितिको नाम उल्लेख गरी प्रेस विज्ञप्ती जारी गरेको भन्दै कांग्रेसले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

नगर प्रमुख तथा कर्मचारीलाई दुर्व्यवहार, अपमान गरेको भनी नेकपा एमाले बाणगंगा नगर कमिटीले भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गरेको नगर सभापति विष्णु थापाले बताएका छन् । उनले उक्त प्रेस विज्ञप्तिप्रति नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमितीले घोर भत्र्सना गर्दै खेद प्रकट गरेको बताए ।

काँग्रेस वाणगंगा नगरपालिका भित्रको शिक्षा सुधारको माग गर्दै नगरपालिका गएको थियो । नगरपालिका अन्तर्गतको जनसेवा आधारित भुत विद्यालयको विवाद चाडो समाधान गर्ने भन्दै केहि दिन अगाडि काँग्रेस नगरपालिकामा गएको थियो ।

‘नगर भित्रका अराजक, गैह्रजिम्मेवार, शक्ति दुरुपयोग एवं जनचासोका विषय नेपाली कांग्रेसको मात्र नभएर सम्पुर्ण पार्टी तथा समुदायको हो तसर्थ यीनै विषयवस्तु उठान गर्दा असम्बन्धित एवं अतिरञ्जित तरिकाले भ्रमपूर्ण प्रेस विज्ञप्ती जारी गर्ने कार्यले दलगत सम्बन्ध एवम् सामाजीक सद्भाव माथी नै धावा बोल्ने गरी नगरकार्यपालिका सम्पूर्ण नगरवासिको साझा संस्था नभएर ने. क. पा. एमालेको पार्टी कार्यालय हो भन्ने अहङ्कारपूर्ण व्यवहार रहेको ठहर नेपाली कांग्रेसले गरेको छ ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ नेपाली कांग्रेस बाणगंगा नगरसमितिको प्रेस विज्ञप्ति :

प्रतिक्रिया

खबर सबै