

१९ वर्षमुनिको विश्वकप क्रिकेटकाे उपाधि अस्ट्रेलियालाई, भारत ७९ रनले पराजित



काठमाण्डाै : भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको उपाधि चौथो पटक जितेको छ ।
दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको फाइनलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १ सय ७४ रनमात्र बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भयो । भारतका लागि मुसिर खानले २२‚ आदर्श सिंहले ४७ रन र मुरुगन अभिषेकले ४२ रन तथा नमन तिवारीले १४ रन बनाए ।
अस्ट्रेलियाका लागि महली बेयर्डम्यान र र्याफ म्याकमिलनले ३/३ विकेट‚ क्यालम विडलरले २ विकेट र चार्ली एन्डरसन तथा टम स्ट्रेकरले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रन बनायो ।
अस्ट्रेलियाका लागि हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युग वेबगेनले ४८ रन बनाउँदा ओलिभर पिक ४६ रनमा अविजित रहे। ह्यारी डिक्सनले ४२ तथा चार्ली एन्डरसनले १३ रन बनाए । बलिङतर्फ भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट र नमन तिवारीले २ विकेट लिए । यसअघि भारतले गएको वर्ष समेत गरेर अहिलेसम्म ५ पटक १९ वर्षमुनिको विश्वकप जितेको थियो ।
अस्ट्रेलियाले भने यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको थियो ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया