
पुराना दलको विकल्पको रूपमा नयाँ दल खोलेको लामिछानेको भनाइ

अर्घाखाँची : राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामीछानेले पुराना राजनीतिक दलको विकल्पको रूपमा आफूले नयाँ दल खोलेको बताएका छन्।
पुराना दलले जनताको पिरमर्का बुझ्न नसकेको, भ्रष्टाचार, कुशासन, बेथितिमा रमाएर कार्यकर्तामुखी व्यवहार देखाएकाले त्यसको विकल्पमा आफूले बाध्य भएर दल निर्माण गरेको बताए।
पार्टी निर्माणको पाँच महिनामै देशको चौथो दल भएको रास्वपा आगामी चुनावपछि देशकै पहिलो पार्टी बन्न कसैले छेक्न नसक्ने उनको भनाइ थियो।
जनता पुराना दल र नेताबाट अघाइसकेकाले रास्वपाप्रति विश्वास बढ्दै गएको उनले बताए। उनले जनता चुनाव पर्खेर बसेको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा उनले रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन दबाब अभियानको थालनी गर्ने बताए।
अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने छ। रुग्न र अलपत्र पारिएका विकास योजनाको अवलोकनपश्चात समाधानको बाटोसहित सम्बन्धित निकायलाई समाधानपत्र पेस गर्ने कार्यक्रम रहेको बताए।
कार्यक्रममा बोल्दै लामिछानेले वर्षौंदेखि रहेको आफ्नो विचार र आस्थालाई एकातिर राख्दै आगामी निर्वाचनमा एकपल्ट रास्वपालाई मौका दिए जनताको विश्वास गुम्न नदिने बताए।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया