

अर्घाखाँचीको भुमिकास्थानमा जीप दुर्घटना, दुईको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका २ स्थित खोलाखर्कमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार बिहान उपल्लो ढाकाबाङबाट सन्धिखर्कतिर आउँदै गरेको लु १ ज १६७९ नम्बरको दुर्घटना भएका हो। दुर्घटनामा भूमिकास्थान नगरपालिका २ का देवा बेल्वासे र सन्धिखर्क नगरपालिका ८ का जेमकला आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपसिंह राठौरले बताए।
दुवै जनाको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा पणेनाकी कोपीला खनाल र उनका आठ महीनाका छोरा घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल, अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया