

१३ प्रतिशतले घट्यो चिरान काठको मूल्य



बुटवल : काठको मूल्य अचाक्ली महंगो भएको जनगुनासो बढिरहेको बेला नेपाल वन निगमले चिरान काठको मूल्य १३ प्रतिशतले घटाएको छ । माघ १६ गतेदेखि लागु हुने सञ्चालक समितिको बैठकबाट चिरान काठको मूल्य १३ प्रतिशत घटाउने निर्णय भएको हो ।
नेपाल वन निगम सञ्चालक समितिको बैठकले निगमले विक्री वितरण गर्ने सबै प्रकारको काठमा करिब १३ प्रतिशतले मूल्य घटाउने निर्णय गरेको हो ।
नेपाल वन निगमले सरकारबाट व्यवस्थित वनबाट उत्पादित चिरान काठ मुख्यतः सालका चिरान तथा सह उत्पादन अफसाइज, बाकल, कटपीस, रिजेक्सन, भुस लगायतको मूल्यमा हाल कायम भएको मूल्यमा १३ प्रतिशतले घटाउने निर्णय गरेको हो ।
यसअघि ४ फिटभन्दा माथि १० फिटसम्मको सालको चिरान काठको मूल्य भ्याटबाहेक ४ हजार ५०५ रुपैयाँ र भ्याटसहित ५ हजार ९० रुपैयाँ रहेकामा हाल भ्याटबाहेक ३ हजार ९६४ रुपैयाँ कायम गरिएको छ । त्यसमा १३ प्रतिशत भ्याट जोडी कुल प्रति क्यु फिट ४ हजार ४८० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै साँढे २ फिटदेखि ४ फिटसम्मका सानो साइजका काठहरूमा यसअघि कायम भएको मूल्यमा १३ प्रतिशतले घटाई प्रति क्युफिट ३ हजार ५४ रुपैयाँ कायम गरिएको छ । त्यसमा १३ प्रतिशत भ्याट जोडी कुल ३ हजार ४५२ रुपैयाँ कायम गरिएको छ ।
निगमबाट सर्वसाधारणले घर निर्माणको लागि काठमाडौँ उपत्यकाको हकमा निगमको केन्द्रीय कार्यालय बबरमहल काठमाडौँमा निवेदन दिई निगमको चिरान काठ बिक्री डिपो बालकुमारीबाट प्रति निवेदन १५० क्यू फिटसम्म चिरान काठ प्राप्त गर्न सकिन्छ । तस्तै उपत्यका बाहिरको जिल्लाहरुको हकमा निगमको शाखा कार्यालय विराटनगर, पथलैया, भरतपुर, धनगढी, तथा बिक्री डिपोहरूबाट आवेदन पेस गरी चिरान काठ प्राप्त गर्न सकिन्छ ।



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया