

चिसो समयमा ओठ फुट्यो, यसरी हुन्छ समस्याको समाधान





काठमाडौँ– चिसो मौसम शुरु भएसँगै धेरै जनालाई ओठ फुट्ने समस्याले सताउने गर्छ । चिसोमा ओठ फुट्दा घाउ सानो देखिए पनि पीडा निकै हुने गर्छ ।
जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर ओठ फुट्न सक्ने चिकित्सकहरू बताउँछन् ।
ओठ फुटेपछि पोल्ने, बोल्न नमिल्ने, खाना खान गाह्रो हुने र ओठबाट रगत समेत बग्न थाल्छ ।
यस कारण फुट्छ ओठ
– चिसो तथा सुख्खा मौसम
– हरियो सागसब्जी तथा फलफूल नखाँदा
– पानीको मात्रा कम भएर
– कम गुणस्तरको लिपबाम तथा लिपिस्टिक लगाउँदा
– बारम्बार जिब्रोले ओठ चलाउँदा
– जाँडरक्सी र चुरोट धेरै खाँदा
यस्तो समस्याबाट कसरी छुटकारा पाउने त ?
– सबै भन्दा पहिला ओठ फुट्ने समस्या भएका व्यक्तिले ओठलाई बारम्बार जिब्रोले चलाउनु हुँदैन, यसो गर्दा ओठको छाला सुख्खा भइ फुट्ने गर्छ ।
– बाहिर निस्किँदा चिल्लो पदार्थहरू जस्तै : मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाउनु पर्छ यसो गरेमा ओठ फुट्ने सम्भावना कम हुन्छ ।
– यो मौसममा धेरै धुमपान र मद्यपान गर्नाले पनि ओठ फुट्ने समस्या देखा पर्दछ त्यसैले यस्ता पदार्थबाट टाढा रहनु पर्ने चिकित्सकहरू बताउँछन् ।
– ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ ।
– जाडोमा धेरैले पानी कम खाने गर्ने कारण पनि ओठ लगायत शरीरका छालाहरु फुट्ने गर्छन् त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
– बाहिर बजारमा पाइने विभिन्न प्रकारकf लिपिस्टिक ओठमा लगाउनु हुँदैन ।
– यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया