

नेपालमा ५९ लाख पुगे ‘प्यान’ लिने करदाता



काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाता संख्या ५९ लाख नाघेको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना (पुस मसान्त) सम्म प्यान नम्बर लिनेको संख्या ५९ लाख १७ हजार ९ सय ६२ पुगेको छ ।
अघिल्लो आव २०७९/८० को अन्तिम (असार मसान्त) सम्म प्यान नम्बर लिने करदाता संख्या ५५ लाख ५४ हजार थियो ।
६ महिनामा ३ लाख ६३ हजार ९ सय ३६ करदाताले प्यान नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थका अनुसार पुस मसान्तसम्म व्यावसायिक प्यान नम्बर लिनेको संख्या १९ लाख ३६ हजार ५ सय ८८ पुगेको छ ।
व्यक्तिगत प्यान नम्बर लिनेको संख्या ३९ लाख ५० हजार ३ सय ५ पुगेको छ । करकट्टी गर्ने निकायले लिएको प्यान नम्बर ३१ हजार ६९ पुगेको छ ।
पुस मसान्तसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाता संख्या ३ लाख २२ हजार २ सय ६ पुगेको छ ।



खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया