

लुम्बिनीका कपिलवस्तुसहित चार जिल्लामा कुष्ठरोगीको संख्या उच्च





कपिलवस्तु । कपिलवस्तु सहित लुम्बिनी प्रदेशका चार जिल्लामा सबैभन्दा बढी कुष्ठरोगी रहेको पाइएको छ । आइतबार ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइरहेका बेला यस्तो तथ्याङ्कबारे जानकारी भएको हो ।
लुम्बिनी प्रदेशमा ५ सय ६५ जना बिरामी कुष्ठरोगी रहेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा प्रमुख खिमलाल पाण्डेका अनुसार यी मध्ये पनि सबैभन्दा बढी प्रदेशका चार जिल्लामा कुष्ठरोगीको संख्या उच्च रहेको छ । प्रदेशका रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी र बाँके जिल्लामा कुष्ठरोगीको संख्या उच्च रहेको उनले बताए । सबै जिल्लामा छालारोग विशेषज्ञ पठाउन नसक्दा कुष्ठ रोगका बिरामीको पहिचान गर्न समेत नसकिएको उनको भनाइ छ ।
अहिले पनि यो रोगको बारेमा समाजमा नकारात्मक धारणा रहेकाले त्यस्ता धारणलाई हटाउनु आवश्यक रहेको उनले बताए । समयमै उपचार भएको खण्डमा उक्त रोग निको हुने भएकाले बिरामीलाई हौसला दिन आवश्यक रहेको उनले बताए ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया