

स्वास्थ्य बीमा गर्नेलाई फाइदा, अस्पतालको शुल्क घटाउने निर्णय


काठमाण्डौ । स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटेको छ ।
बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय भएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बताउनुभयो । उहाँका अनुसार बहिरङ्ग सेवा ५० रुपैयाँ र इमर्जेन्सी सेवाबापतको शुल्क एक सय रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।
बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेदेखि लागू हुने उहाँले बताउनुभयो । यसअघि बहिरङ्ग सेवा शुल्क एक सय र इमर्जेन्सी सेवा शुल्क चार सय रुपैयाँ थियो । स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरीमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको पनि उहाँले बताउनुभयो ।
यस्तै, स्वास्थ्य बीमा कार्यक्रममा दर्ता भएपछि सेवा शुरु हुने समय तीन महिनाको रहेकामा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया