

बन्द बोतलभित्र राखिएको पानीमा प्लास्टिकका लाखौँ कण हुने अध्ययनको पुष्टि


काठमाण्डौ : बन्द बोतलभित्र राखिएको पानीमा प्लास्टिकका लाखौँ कण हुने एक अध्ययनले पुष्टि गरेको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालय र रटगर्स विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनमा एक लिटर पानीमा औसत २ लाख ४० हजार प्लास्टिकका कण भेटिएको हो ।
तीन ठूला उद्योगबाट उत्पादित बोतलको पानीमा गरिएको अध्ययनका क्रममा प्रतिलिटर १ लाख १० हजारदेखि ३ लाख ७० हजारसम्म प्लास्टिकका कण भेटिएका छन् । तर वैज्ञानिकहरूले ती उद्योगको नाम भने उल्लेख गरेका छैनन् । यसमध्ये ९० प्रतिशत बोतलको पानीमा नानो प्लास्टिकका कण र बाँकीमा माइक्रोप्लास्टिकका कण भेटिएका छन् ।
बजारमा सहजै किन्न पाइने बोतलको पानीमा भेटिएका नानो प्लास्टिकका कणहरू फोक्सो र पाचन प्राणालीमार्फत रगतमा मिसिएर मस्तिष्क तथा मुटुसम्म पुग्ने र सबै अङ्गलाई प्रभावित पार्ने वैज्ञानिकहरूले बताएका छन् ।
गर्भावस्थामा विकसित हुने अङ्ग ‘प्लेसेन्टा’ मार्फत यस्ता प्लास्टिकका कण बच्चाको शरीरमा पुग्ने हुँदा शिशुलाई समेत गम्भीर असर पुग्ने अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार धारा, नल तथा पाइपको पानीभन्दा बोतलभित्रको पानीमा प्लास्टिकको कण धेरै हुने गर्छ ।
वैज्ञानिकहरूले प्लास्टिकको बोतलमा प्याक गरिने पानीमा पहिलेको तुलनामा धेरै गुणा बढी प्लास्टिकको कण फेला परेको र यो विश्वका लागि चिन्ताको विषय भएको बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार मानिसले हरेक वर्ष ४४ करोड टनभन्दा बढी प्लास्टिक उत्पादन गर्छ । झन्डै ८० प्रतिशत प्लास्टिक ल्यान्डफिल या वातावरणमा पुग्ने गरेको वैज्ञानिकहरूले बताएका छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया