

बुटवल कृषि उपज केन्द्रमा किसान महासंघको अल्टीमेटम, बुझायो ज्ञापनपत्र



बुटवल । बुटवलको थोक बजार‘ बुटवल कृषि उपज थोक बजार’ लाई कानून सम्मत रुपमा टेन्डरमा लगाएर अन्य किसान तथा व्यवसायीहरुलाई पनि सहभागी गराउन माग गर्दै लुम्बिनी प्रदेशको अखिल नेपाल किसान महासंघले अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएको छ ।
आईतबार अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटि का अध्यक्ष महेन्द्र गिरी, केन्द्रीय सदस्य ऋषव पोखरेल र निसा शर्मा जिल्ला अध्यक्ष कृष्ण पन्थी लगायतको टोलीले बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल९गोपाल० लाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा १५ दिन भित्र अनिवार्य रुपमा टेन्डर खेल्नुपर्ने माग समेत गरिएको हो । बुटवल कृषि उपज तथा थोक वजार परिसर भित्र रहेका सटर हरुको सझौता म्याद २०७७ साल भाद्र सम्म रहेको थियो । तर सञ्चालक समितिले पुरानै व्यवसायीहरुलाई विना टेन्डर सञ्चालनको लागि अनुमती दिएको छ ।
विना टेण्डर प्रतिष्पर्धा विना नै सरकारी स्वामित्वमा रहेको बुटवल कृषि उपज केन्द्रमा ५० प्रतिशत किसानको सहभागीता पनि अनिवार्य रहेको छ । तर सञ्चालक समितिले भने यसमा व्यवस्ता गर्दै आएको छ ।
ज्ञापन पत्र बुझ्दै बुटवल कृषि उपज थोक बजार संचालक समितिका अध्यक्ष घनश्याम भुषालले किसानको माग अनुसारको कुरालाई आवश्यक प्रक्रिया अगाडी बढाउने जानकारी गराएका थिए । उनले बुटवल उपमहानपालिका संगै संमन्वय गरेर अगाढी बढ्ने समेत बताएका थिए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अखिल नेपाल किसान महासघ का केन्द्रिय सदस्य ऋषब पोख्रेल, निसा शर्मा प्रदेश कमिटी सदस्य सिपि पौडेल ,सिता पौडेल जिल्ला अध्यक्ष कृष्ण पन्थि, नगर अध्यक्ष राम प्रसाद पराजुली लगायतको सहभागीता रहेको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया