

एसियन कपमा आयोजक कतारको विजयी शुरूवात

काठमाण्डाै : एएफसी एसियन कपमा आयोजक कतारले विजयी शुरूवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली कतारले लेबनानलाई ३–० गोलले हरायो ।
विश्वकपको फाइनल खेल भएको मैदान लुसेलमा घरेलु टोलीले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्यो । उसका अक्रम अफिफले २ र अल्मोएज अलिले एक गोल गरे । कतार साविक विजेता टोली हो ।
फिफा विश्व कप आयोजना गरेको डेढ वर्षमै कतारले एसियन कपको १८औँ संस्करण आयोजना गरेको हो । सन् २०२३ मा चीनमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण कतारमा सारिएको थियो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ ।
आज तीन वटा खेल हुनेछन् । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे समूह ‘बी’ को अष्ट्रेलिया र भारत खेल्नेछन् । त्यस्तै, समूह ‘ए’ को चीन र ताजकिस्तानबीच सवा ८ बजे खेल हुनेछ । राति सवा ११ बजे समूह ‘बी’ को सिरिया र उज्वेकिस्तान खेल्नेछन् ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया