

पशुबिकास कृषि सहकारीको साधरणसभा सम्पन्न



रामबहादुर गन्धर्व । कृषि तथा पशुबिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाणगंगा ६ लक्ष्मणघाट स्थित लक्ष्मणघाट कपिलवस्तुकाे ११औं साधरणसभा शनिबार सम्पन्न भएको छ।
साधरणसभाकाे बाणगंगा नगरपालिकाकि उपप्रमुख रिता कुमारी चौधरीले गरिन, साे अवसरमा बाेल्दै सहकारीहरू उत्पादनमुलक क्षेत्रमा जाेडिन पर्ने बताउदै नगरपालिकामा प्रस्तावना पेश गरि कार्यक्रम ल्याउन आग्रह गर्दै किसानहरूलाई समृद्धिसँग जाेडेर लैजानुपर्नेमा जाेड दिइन् । संस्थाका अध्यक्ष खडग बहादुर थापाले विभिन्न कार्यक्रम सहित प्रतिवेदन प्रस्तुत गर्दै अगामी बर्ष २०८०/८१का लागि याेजनाहरू बारे जानकारी गराएका थिए भने लेखा समिति संयाेजक ठानेश्वर भट्टराईले संस्थामा कुल ३३८जना शेयर सदस्य रहेकोमा आ .ब.२०७९/८०मा ७७लाख ७३हजार ९२१रूपिया नाफा र २३लाख ४४हजार १५८रूपिया कुल बचत रहेको बताउदै कुल शेयर पुँजी २३लाख ४५हजार ७सय रहेको जानकारी दिए।
त्यस्तै संस्थाकि काेषाध्यक्ष अपिला भुसाल (टण्डन)ले २कराेड ६६लाख १२हजार ९४०रूपिया बराबरको आयब्याय सार्वजनिक गरेकी थिइन् । कार्यक्रम बाणगंगा न.पा.६का वडा अध्यक्ष करूण टण्डनकाे बिशिस्ट आतिथ्यता कृषि शाखाका प्रमुख लेसबहादुर केसि.विभिन्न सामाजिक संस्थाका पदाधिकारी ,स्थानीय जनप्रतिनिधि ,समाजसेवी आयोजित संस्थाका पदाधिकारी लगाएतकाे उपस्थिति रहेको साे कार्यक्रम खडग बहादुर थापाकाे अध्यक्षता रामचन्द्र मरासिनीकाे स्वागत र चन्द्रमणि क्षेत्रीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया