

पशुबिकास कृषि सहकारीको साधरणसभा सम्पन्न



रामबहादुर गन्धर्व । कृषि तथा पशुबिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाणगंगा ६ लक्ष्मणघाट स्थित लक्ष्मणघाट कपिलवस्तुकाे ११औं साधरणसभा शनिबार सम्पन्न भएको छ।
साधरणसभाकाे बाणगंगा नगरपालिकाकि उपप्रमुख रिता कुमारी चौधरीले गरिन, साे अवसरमा बाेल्दै सहकारीहरू उत्पादनमुलक क्षेत्रमा जाेडिन पर्ने बताउदै नगरपालिकामा प्रस्तावना पेश गरि कार्यक्रम ल्याउन आग्रह गर्दै किसानहरूलाई समृद्धिसँग जाेडेर लैजानुपर्नेमा जाेड दिइन् । संस्थाका अध्यक्ष खडग बहादुर थापाले विभिन्न कार्यक्रम सहित प्रतिवेदन प्रस्तुत गर्दै अगामी बर्ष २०८०/८१का लागि याेजनाहरू बारे जानकारी गराएका थिए भने लेखा समिति संयाेजक ठानेश्वर भट्टराईले संस्थामा कुल ३३८जना शेयर सदस्य रहेकोमा आ .ब.२०७९/८०मा ७७लाख ७३हजार ९२१रूपिया नाफा र २३लाख ४४हजार १५८रूपिया कुल बचत रहेको बताउदै कुल शेयर पुँजी २३लाख ४५हजार ७सय रहेको जानकारी दिए।
त्यस्तै संस्थाकि काेषाध्यक्ष अपिला भुसाल (टण्डन)ले २कराेड ६६लाख १२हजार ९४०रूपिया बराबरको आयब्याय सार्वजनिक गरेकी थिइन् । कार्यक्रम बाणगंगा न.पा.६का वडा अध्यक्ष करूण टण्डनकाे बिशिस्ट आतिथ्यता कृषि शाखाका प्रमुख लेसबहादुर केसि.विभिन्न सामाजिक संस्थाका पदाधिकारी ,स्थानीय जनप्रतिनिधि ,समाजसेवी आयोजित संस्थाका पदाधिकारी लगाएतकाे उपस्थिति रहेको साे कार्यक्रम खडग बहादुर थापाकाे अध्यक्षता रामचन्द्र मरासिनीकाे स्वागत र चन्द्रमणि क्षेत्रीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया