

ओमिक्रोनको नयाँ सब भेरिन्ट, नेपालमा जोखिम कति ?


काठमाडौं : छिमेकी मुलुक भारतमा देखिएको कोरोना भाइरस अन्र्तगतको ओमिक्रोनको सवभेरिएन्ट जेएन डट वानको जोखिम नेपालमा पनि उतिकै छ ।
छिमेकी मुलुक भारतमा जेएन डट वानको सक्रमण बढेकाले नेपाललाई पर्न सक्ने जोखिलाई मध्यनजर गदै सिमानाकाबाट आएका स्यापलको जिन सिक्वेन्सिङ्गको कामलाई तिव्रता दिइएको छ । नेपालमा कस्तो छ यस भेरिएन्टको अवस्था अनि के छ यसविरुद्धको योजना ?
कोरोना भाइरसअन्र्तगतको ओमिक्रोनको नयाँ सवभेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले भेरिन्ट अफ कन्र्सनका रुपमा राखेको छ । तर हाल देखिएको ओमिक्रोनको नयाँ सवभेरिन्ट जोखिमको हिसाबले त्यति घातक भने नभएको मानिएको छ ।
अमेरिकाको डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अनुसार यो सवभेरिएन्ट ओमिक्रोन कै एक नयाँ उपप्रजाति भएको बताएको छ ।
साथै अन्य प्रजाति भन्दा ओमिक्रोन प्रजातिका सवभेरिन्ट छिटो फैलन सक्ने भएकाले संक्रमण दर बढाउन यसले मद्दत गर्ने यसका जानकारहरु बताउँछन् । तर यो उपप्रजातिले स्वास्थ्यमा पार्ने जटिलता भने कम भएको डिपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नयाँ सवभेरिएन्टको संक्रमण हुदाँ पनि पहिलाकै जस्तो लक्ष्ण जस्तै ज्वरो आउने, सिगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, पेट दुख्ने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।
कोरोना भाइरसको स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले यसका नयाँ नयाँ उपप्रजाति देखिएको हो । तर भाइरसले वातावरण अुनसार आफुलाई परिर्वतन गदै जानु एक समान्य प्रक्रियाका रुपमा लिने गरिन्छ । अहिले भारतमा देखिएको ओमिक्रोनकै नयाँ उपप्रजाति पनि यसैको उपज हो ।
भारतमा अहिले संक्रमण फैलदो क्रममा देखिएकाले नेपालमा पनि जोखिम बढेको भन्दै भीडभाडमा नजान तथा स्वास्थ्य मापदण्ड राम्रोसंग पालना गर्न सरकारले आग्रह समेत गरेको छ ।
साथै नेपालमा हुने जोखिमलाई मध्यनजर विभिन्न नाकाबाट ल्याएका १२ वटा स्याम्पलको जीन सिक्वेन्सिङका गरिएको छ भने थप स्याम्पलको सिक्वेन्सिङको काम हुदैंछन् । तर अहिले सम्म यो उपप्रजाति नेपालमा पुष्टि भने भएको छैन ।
अहिले देखिएको सवभेरिएन्टका लागि पहिला नै लगाएको कोरोना विरुद्धको खोपले समेत काम गर्ने भएकाले डराउनुपर्ने अवस्था स्वास्थ्य सेवा विभागले औलाएको छ । तर जाडोमा कोरोना भाइरसका साथै अन्य श्वास प्रश्वास सम्बन्धित संक्रमणको जोखिम पनि उतिकै भएकाले कोरोना संक्रमणसंग मिल्दो जुल्दो लक्षण देखिएमा परिक्षण गराउन भने आग्रह गरेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया