

विश्व कपका लागि देव खनालको कप्तानीमा टोली घोषणा, कपिलवस्तुका गुप्ता पनि


काठमाण्डाै : नेपाल क्रिकेट सङ्घ (क्यान) ले दक्षिण अफ्रिकामा हुने आईसीसी १९ वर्षमुनिको विश्व कपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
क्यानले एसीसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोलीको घोषणा गरेको हो । एसिया कप खेलेका तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण टोलीमा परेका छैनन्।उनको ठाउँमा बलर दुर्गेश गुप्ता अटाएका छन् । दुर्गेश गुप्ताले टिमको प्रतिनिधित्व गर्दा कपिलवस्तु जिल्लाले भने विश्वकप क्रिकेट खेल्ने पहिलो खेलाडीका रुपमा गुप्तालाई पाउने भएको हो ।
त्यस्तै, अलराउन्डर दीपक बोहोरालाई टोलीमा थपिएको छ । जनवरी १९ अर्थात् आउँदो माघ ५ गतेदेखि शुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्यूजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
नेपाली टोली
कप्तान–देव खनाल, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, दीपक बोहोरा, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।



खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया