

सिद्धबाबा सुरुङमार्ग : ९७ प्रतिशत काम बाकिँ



बुटवल : रुपन्देही र पाल्पा जिल्लामा अवस्थित सिद्धबाबा सुरुङ मार्ग योजनाको निर्माणकार्य ३.५० प्रतिशत सम्पन्न भएको छ । सुरुङमार्गको भौतिक प्रगति गत असारसम्ममा ३.५० प्रतिशत भएको छ । त्यसमा २.९४ प्रतिशत वित्तीय प्रगति सम्पन्न भएको छ । अथात् सुरुङको काम अझै ९७ प्रतिशत बाकिँ रहेको छ ।
सरकारले सुरुङमार्ग निर्माण गरी यातायातलाई सहज बनाउनका लागि २०७८ फागुन २५ गते ठेक्का सम्झौता गरेको थियो । आयोजनाको निर्माण कार्यका लागि इन्जिनियरिङ प्रोक्यूरमेन्ट र कन्स्ट्रक्सन (इपीसी) मोडालिटीमा निर्माण कम्पनी चाइना स्टेट कस्स्ट्रक्सन इन्जिनियरिङ सम्झौता गरेको थियो । सरकारले आयोजना निर्माण गर्न ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
यस योजना अन्तर्गत ११२६ मिटर लामो सुरुङ मार्गको निर्माण तथा २४०० मिटर सडक चौडा गरी सुधार गरिने ठेक्का सम्झौता गरेको थियो । आयोजना दुई चरणमा निर्माण सम्पन्न गर्ने गरी विभाजन गरिएको छ । पहिलो चरणमा इन्जिनियरिङ, प्राक्यूरमेन्ट र कन्स्ट्रक्सन काम ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
त्यसबाहेक निर्माण कार्य सम्पन्न भइसकेपछि पाँच वर्षसम्म सञ्चालन र मर्मतको कार्य ठेक्का सम्झौता गरेको कम्पनीले गर्नेछ ।
हाल आयोजनामा ७२ जना कर्मचारी आबद्ध छन् । आयोजनामा ६० जना स्वदेशी र १२ जना विदेशी कामदार आबद्ध छन् ।नेपालमा पहिलोपटक पूर्ण रुपमा नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको यस सुरुङ मार्ग निर्माण भए लगत्तै बुटवल–पाल्पा सडक खण्डको यात्रा सहज र खतरा मुक्त हुने विश्वास गरिएको छ ।
सुरुङमार्ग निर्माण पश्चात् रुपन्देही तथा पा जिल्ला पर्यटकीय हबको रुपमा विकास हुन सक्ने हुँदा पर्यटन क्षेत्रको प्रवद्र्धन भई थप रोजगारी सिर्जना समेत हुनेछ ल्पा। भौगोलिक हिसावले अति जटिल क्षेत्र हुनुका साथै मौसमी कारणले १२ महिना नै निर्माण कार्य गर्न समस्या रहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया