

पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा छौं : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताएका छन् ।
मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भए पनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको बताएका हुन् । उनले यसको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताए । उनले व्यापार घाटामा पनि कमी आएको बताए ।
यस्तै उनले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशतले कम भएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले उपभोक्ता मूल्य वृद्धिदरलाई आम जनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । उनले बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरूको ब्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताए ।
प्रधानमन्त्री दाहालले सबै आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गरे । उनले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरिरहेको पनि जानकारी गराए ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया