

सर्वोच्चमा आजदेखि २० न्यायाधीशको इजलास सुरु




सर्वोच्च अदालतमा शुत्रबारदेखि २० जना न्यायाधीशले काम सुरु गरेका छन् । लामो सययपछि सर्वोच्चमा नयाायधीशको संख्या २० पुगेको हो । अझै एक जना न्यायाधीश नियुक्ति गर्न बाँकी छ । नवनियुक्त ६ जना न्यायाधीशदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
यसैले सर्वोच्चमा शुक्रबारदेखि नवनियुक्तसहित २० न्यायाधीशको इजलास सुरु भएको हो । सर्वोच्च प्रशासनका अनुसार नवनियुक्त ६ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल शुक्रबारदेखि इजलासमा बसेका छन् । पोखरेल र ढकाल कानुन व्यवसायी पृष्ठभूमिका हुन् भने बाँकी चार न्यायाधीश उच्च अदालतमा कार्यरत छँदै नियुक्त गरिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई शपथ खुवाएलगत्तै सर्वोच्च अदालतमा बोलाएर छलफलसमेत गरेका थिए । इजलासमा बस्नुअघि प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशले आफ्ना अनुभव सुनाएका थिए । उनीहरूको नियुक्तिसँगै डेढ वर्षपछि सर्वोच्चमा ठूलो संख्यामा इजलास बसेको छ ।
संविधान जारी भएयता सर्वोच्च अदालतमा सबभन्दा ठूलो संख्यामा न्यायाधीशले मुद्दा हेर्न लागेको यो दोस्रोपल्ट हो । यसअघि २०७६ वैशाख ६ गतेदेखि पाँच न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा नियुक्ति हुँदा पूर्ण संख्या २१ जनाको इजलास लागेको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया