

बेहुला चढेको गाडीले ठक्कर दिँदा जन्तीको मृत्यु, ३ जना घाइते

प्युठान : प्युठानमा बेहुला चढेको गाडीको ठक्करबाट एकजना जन्तीको मृत्यु भएको छ।
प्युठानको ऐरावती गाउँपालिका-२ बढौलामा लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्ति हिँडेका एक जनाको मृत्यु भएको हो।
अघि-अघि जन्ती पछि-पछि बेहुला बोकेको गाडी हिँडिरहेको बेला अकास्मात् गाडीको टायर पन्चर भई अगाडि हुत्तिएर दुर्घटना भएको प्युठानका प्रहरी प्रवक्ता इन्स्पेक्टर होमानन्द खनालले जानकारी दिए।
‘बाटो अलिअलि ओरालो थियो । अघि नाच्दै गाउँदै जन्ती हिँडिरहेका थिए। सोही क्रममा गाडीको टायर पन्चर भएर अगाडि हुत्तिएछ,’ उनले भने।
दुर्घटनामा मल्लरानी गाउँपालिका-३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उनले इन्स्पेक्टर खनालले जानकारी दिए।
दुर्घटनामा थप तीन जना घाइते भएका छन्।
मल्लरानी गाउँपालिका-३ का कृष्ण परियार, ऐरावती गाउँपालिका-२ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका-५ कि पिपला सुनार घाइते रहेको इन्स्पेक्टर खनालले जानकारी दिए।
उनीहरूको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया