१४ औँ कपिलवस्तु महोत्सवमा लायन्सको रक्तदान, ५० युनिट बढी रगत संकलन

नवराज बेल्वासे : जारी १४ औँ कपिलवस्तु महोत्सव परिसरमा महोत्सवको ७ औँ दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा सक्रिय रहेका सामाजिक संस्थाहरु लायन्स क्लव अफ कपिलवस्तु, कपिलवस्तु जेसिज, लायन्स क्लव अफ कपिलवस्तु दिदि बहिनी, लियो क्लव अफ कपिलवस्तु तथा कपिलवस्तु औषधि संघको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

महोत्सव अवोलकन गर्ने आउने दर्शकले रक्तदानमा इच्छा व्यक्त गर्दै पहिलो पटक रक्तदान गर्ने अबसरहरु प्रदान गरेकोमा आयोजकलाई धन्यवाद समेत दिएका थिए ।

रेडक्रस सोसाइटी, रक्त सञ्चारको सहयोगमा रहेको थियो । आयोजित रक्तदान कार्यक्रमको उदघाटन महोत्सव आयोजक वाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष तथा महोत्सव संयोजक राज कुमार खाणँले गरेका थिए ।

आयोजित रक्तदान कार्यक्रममा ५० युनिट भन्दा बढी रगत संकलन भएको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकार घिमिरेले बताएका छन् ।

१४ औँ कपिलवस्तु महोत्सव पुस १ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

खबर सबै