

कपिलवस्तु महोत्सव स्थलमा वृहत रक्तदान कार्यक्रम हुंदै


हरि आचार्य, कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सवमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । कपिलवस्तु जेसीजका मुल समिति संयोजक तथा जेसीजका सल्लाहकार राजेन्द्र अर्यालको संयोजकत्वमा महोत्सवमा यहि मंसिर २७ गतेबाट ३ दिन वृहत रक्तदान कार्यक्रम हुने भएको हो ।
लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी, औषधी व्यवसायी संघ कपिलवस्तु तथा लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने कार्यक्रमका संयोजक राजेन्द्र अर्यालले जानकारी दिनुभयो । भोलि अर्थात मंसिर २७ गते विहान ८ बजे सम्म सम्पर्कमा आउने संघ संस्थालाई आयोजकको रुपमा राखिने बताईएको छ ।
त्यस्तै भोलि ११ बजे बाट कार्यक्रम सुरु हुने र भोलि ५० प्वाईन्ट रगत संकलन हुने अपेक्षा रहेको संयोजक अर्यालले बताउनुभयो । कार्यक्रम ३ दिन सम्म निरन्तर हुने छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया