कृषि उत्पादनमा प्राथमिकता दिनुपर्छ: सांसद पन्थी

रामबहादुर गन्धर्व । कृषि सहकारी मार्फत ब्यवशायीक कृषि उत्पादनलाई प्राथमिकता दिन सके सहकारीको स्तरलाई बृद्वि गर्न सकिने लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थीले बताएका छन् ।  कपिलवस्तुकाे बाणगंङ्गा नगरपालिका वडा न.७माेतिपुर स्थित जनसेवा कृषि सहकारी संस्था लिमिटेडकाे १६औं बार्षिक साधरणसभालाई सम्बाेधन गर्दै उनलेे यस्तो बताएका हुन।

कृषि उत्पादनमा बृद्वि गर्न कृषकहरूले समयमा बिउबिजन र मलखाद पाउनुपर्ने बताउदै सरकार जिम्मेवार नहुँदा कृषि क्षेत्रमा ठुलो ठुलो नाेक्सानी ब्यहाेर्न परेकाे भन्दै कृषि क्षेत्रलाई ब्यवशायीक रूपमा बिकास गर्न सरकारले सहकारीलाई प्राथमिकता दिनुपर्नेमा उनलेे जाेड दिए।

सहकारी भनेको आयआर्जनमार्फत जीवनस्तरलाई माथि उकासने आधार भएको भन्दै बचतलाई बृद्वि गर्नुपर्ने पनि पन्थीले बताए । त्यस्तै :वडा न.७का वडाध्यक्ष बिष्णु गिरीले पनि सहकारीको प्रगति हुँदै जानू गौरवको बिषय भएको बताउदै ३२जना शेयर सदस्यबाट शुरू गरेको यश सहकारीले १हजार बढी शेयरसदस्य पुग्न पुग्न सफल भए ता पनि यस्काे स्तरलाई वृद्वि गर्न सेयर सदस्यहरू बृद्वि गर्न आग्रह समेत गरेका छन् ।

यसैगरी बाणगङ्गा नगरपालिकाका सहकारी बिभाग प्रमुख सन्जुदेवी आचार्य ,फुलबारी सामुदायिक बनका अध्यक्ष जयलाल गिरी ,वडा सदस्य हरिशंकर पौडेल लगाएतले संस्थालाई सफलताको शुभकामना दिएका थिए ।

आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष टाेपबहादुर थापाले प्रगति प्रतिवेदन सहित नीति तथा भावी याेजना पेश गरेका थिए। लेखा समिति संयाेजक झगेश्वर अर्यालले हालसम्म ४कराेड ८५लाख ६हजार ५७रूपिया बराबरको लेखा प्रतिवेदन प्रस्तुत गरेका छन् भने ,संस्थाका काेषाध्यक्ष अमरबहादुर गुरूङले संस्थाकाे ३३लाख ३९हजार ५७७।-कुल नाफा सहित ४कराेड ४४लाख ९२हजार ५८४रूपिया बराबरको आयब्याय सार्वजनिक गरेका थिए। यसै बिच संस्थाले ८४बर्षिय ५जना ज्येष्ठ नागरिकहरूलाई पुरस्कार सहित सम्मान गरेको छ, गत बर्ष माध्यमिक शिक्षा परीक्षा ,एस.ई.इ.मा उत्कृष्ट बिद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो ।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानीय समाजसेवी ,बुद्धिजीवी ,पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रम क्या.टाेपबहादुर थापाकाे अध्यक्षता उपाध्यक्ष रामबहादुर बस्नेतकाे स्वागत मन्त्ब्य तथा मिना क्षेत्रीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै