

एनसेलको शेयर बिक्रीबारे आज अर्थ र लेखा समितिमा छलफल हुने



काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे छलफल हुने भएको छ । लेखा समितिको बैठक आज बिहान ११ बजे बोलाइएको छ भने सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले दुरसञ्चार प्राधिकरणलाई बोलाएर एनसेल र नेपाल टेलिकमको राजस्वका बारेमा छलफल गर्न लागिएको रातोपाटीलाई बताए ।
उनले भने, ‘एनसेलले आफ्नो शेयर बिक्री गरेको भन्ने सुन्नमा आएको छ । समितिका २५ जना सदस्य बैठकमा बसेर यसबारे के भएको छलफल गर्दै छौँ ।’
यता सार्वजनिक लेखा समितिले पनि एनसेन खरिद बिक्रीको बारेमा सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । समितिले यसअघि एनसेलको शेयर बिक्रीबारे विभिन्न ९ वटा प्रश्न गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टरको कार्यालय, र आन्तरिक राजस्व विभागलाई पत्र पठाएको थियो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया