चिसापानीमा २८ घर निर्माण गरि फर्कियो एमाले कपिलवस्तु

हरि आचार्य, कपिलवस्तु । गत कात्तिक महिनामा गएको विनाशकारी भुकम्पमा परि घरवार विहिन भएका जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडित नागरिकहरुको उपचार र भत्किएका घरहरुको पुर्न निर्माणमा खटिएको एमाले कपिलवस्तु टिमले १३ दिन सम्म निरन्तर श्रमदान गरि फर्किएको छ ।

कार्तिक १७ को भुकम्पपछि उद्धार र पुनर्निर्माण कार्यमा रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको वडा नं ११ चिसापानीमा पुगेको एमाले कपिलवस्तुको २१ सदस्यीय टोलीले विहान ८ देखि साझ ६ बजे सम्म निरन्तर खटेर काम गरिएको टोली नेता डम्मर शर्माले वताउनु भयो ।

१३ दिन सम्म निरन्तर कामम खटिएको टोलिले ३१ वटा भत्किएका भग्नावशेष व्यवस्थापन गरि हटाएको छ भने २८ वटा घर निर्माण गरेको युवा संयोजक राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले बताउनुभयो । चिसापनी पुर्ननिर्माण संयोजक क्षेत्रीले एक नेपालीलाई संकट पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने मान्यताका साथ हिमालका कोखमा मधेसको श्रम गरि भुकम्प पिडतको घाउमा मल्हम लगाएको युवा नेता क्षेत्रीले लुम्बिनी दर्पणलाई बताउनुभयो । उहाँले अहिले मात्र नभएर निरन्तर साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भोक, निद्रा नभनि निरन्तर १३ दिन सम्म श्रमदान गरि फर्किन लाग्दा निकै निसाईलो (नरमाईलो) लागेको पश्चिम रुकुम आठविसकोट नगरपालिका ११ चिसापनी निवासी मेनुका खड्काले गहभरि आँशु निकाल्दै एमाले कपिलवस्तुको टिमलाई धन्यवाद दिनुभयो ।

भग्नावशेष व्यवस्थापन तथा पुर्न निर्माण मात्र होईन पिडित नागरिकहरुको औषधी उपचारमा पनि खटिएको एमाले कपिलवस्तुको टिमले अन्य टोलि भन्दा फरक कार्य गरेको एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य डा.धर्मराज भट्टराईले बताउनुभयो । उहाँले शितलहरमा चिसोले कठ्याङिग्रएका नागरिकहरुको जाँच तथा उपचार गर्दा गर्व महशुस भएको बताउनुभयो ।

२१ सदस्यीय टोलीमा ६ जना महिला हुनु अर्को फरक पन देखिएको छ । एमाले कपिलवस्तुको उप–सचिव समेत रहनु भएकी सुशीला दर्लामी नेतृत्वको महिला स्वयम सेवक टोलीमा गंंगा घर्ती मगर, तारा थापा, भुमा बस्याल लक्ष्मी न्यौपाने र लक्ष्मी कार्की रहनुभएको छ । महिला टोली नेता दर्लामीले महिलाले भूकम्प पछिको पुर्ननिर्माणको काममा पनि एक तिहाईको हिस्सा लिनु आफैम सुखद क्षण हो ।

साथै फर्किने बेलामा अन्य स्वयंसेवकको टोली भन्दा एमाले कपिलवस्तुको टोलीको काम उत्कृष्ट रहेको भन्दै त्यहाँका वासिन्दाले फुल माला लगाई सम्मानका साथ विदाई समेत गरेका छन् ।

प्रतिक्रिया