

विश्वकप जित्न भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य



काठमाडौं :
विश्वकप क्रिकेट जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।
१०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो ।
कोहली ५४ र राहुल ६६ रनमा आउट भए । साताैं नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १८ रन बनाए ।
यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए ।
यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।
टस जितेर पहिला फिल्डिङ गर्ने निर्णयलाई सही सावित गर्दै अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया