

बैंकहरूले ब्याजदर घटाए



काठमाण्डाै : मङ्सिर महिनाका लागि १४ वटा वाणिज्य बैंकले नयाँ निक्षेपको ब्याजदर घटाएका छन् । एउटा बैंकले मात्रै ब्याजदर बढाएकाे छ भने पाँच वटाले कात्तिक महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् ।
मङ्सिरका लागि धेरैजसो वाणिज्य बैंकको ब्याजदर एकल अङ्कमा झरेको छ । वाणिज्य बैंकहरूले साउनदेखि ब्याजदर आ–आफ्नै तरिकाले निर्धारण गर्दै आइरहेका छन् । बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । बैंकमा तरलता बढेपछि भदौ महिनायता धेरैजसो बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् ।
मङ्सिर महिनाका लागि माछापुच्छ्रे बैंकले ब्याजदरलाई ० दशमलव ६१ प्रतिशतले बढाएर १० दशमलव ६० प्रतिशत पुर्याएको छ । सबैभन्दा बढी एनआईसी एसिया बैंकले मुद्दती निक्षेपको ब्याजदर २ दशमलव ०४ प्रतिशत घटाएको छ ।
मङ्सिर महिनाका लागि एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ब्याजदर घटाएका छन् ।
नेपाल बैंक, प्राइम बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकले कात्तिक महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया