

कपिलवस्तुको बालहगृहमा सामुहिक भाइटीका लगाइयो


कपिलवस्तु। कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा सामुहिक भाइटीका लगाइएको छ । बालगृहमा रहेको २८ असाहय बालकलाई सप्तरंगी सामुहिक भाइटीका लगाइएको हो ।
बालगृहकी कर्मचारी तथा दिदी कबिता चौधरीले २८ जना बालकलाई सामुहिक टीका र माला लगाएर भाइटीका मनाइएको छ । दिदीले भाइहरुलाई निधारमा सप्तरंगी टीका र माला लगाई सेलरोटी, फिनी मिठाई फलफूल दिएकी थिइन् । कबिता थारूले बालगृहका बालकलाई टीका लगाई आशिस समेत दिएकी थिइन । बालगृहमा रहेका भाइहरुलाई टीका र माला लगाउन पाएकोमा खुसी लागेको कबिताको भनाइ छ ।
उहाँले बिगत ५ वर्षदेखि उनीहरुलाई यसरी नै भाइटीका लगाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालगृहमा सामुहिक रुपमा भाइटीका मनाउन पाउँदा निकै खुसी लागेको छ ।’
कार्यक्रमको आयोजनागरी सामुहिक रुपमा दिदीको हातबाट टीका ग्रहण गर्न पाउदा बालगृहका बालकहरु खुशी भएको बताएका छन् । दिदी कविताले भाइहरुलाई उपहार स्वरुप रुमाल समेत दिनुभएको छ । कपिलवस्तु नगरपालिका–९ जगदीशपुर घर भएकी कविताले बालगृहमा रहेका आफ्ना धर्म भाइहरुलाई टीका लगाई आफ्नो घरमा गई भाइलाई समेत टीका लगाएको बताउनुभयो ।
नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीले सामाजिक मूल्य र मान्यता, सामाजिक परम्परा तथा आफूहरुको संरक्षणमा रहेको र बाहिर गएका बाबुनानीको एकापसमा पारिवारिक नाता कायम राख्ने काममा सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक चाड पर्वहरूमा हामी उनीहरूलाई खोज्छौं र उनीहरू पनि हामी र हाम्रा बाबुलाई सम्झेर आउने गर्दछन् ।’
दसै, रक्षाबन्धन, होली लगायत पर्वहरुमा समेत बालगृहमा सामुहिक रुपमा मनाउने गरिएको छ । गोरखापत्र अनलाइनमा नारद कोहारले समाचार लेखेका छन् ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया