

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा


काठमाण्डौ : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । घरेलु टोली भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्याण्ड अन्तिम चारमा पुगेका छन् । हिजो भएको खेलमा पाकिस्तान इंग्ल्याण्डसँग हारेसँगै न्युजिल्याण्ड सेमिफाइनलमा पुगेको हो ।
सेमिफाइनलमा अंकतालिकामा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्याण्ड तथा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र तेस्रो स्थानमा रहेको अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनलको खेल नोभेम्बर १५ तारिखमा वान्खडेमा र दोस्रो सेमिफाइनलको खेल इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ तारिखमा हुने छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजेदेखि शुरु हुनेछन् ।
विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज भारत र नेदर्ल्याण्डस्बीच खेल हुनेछ । हिजो भएको खेलमा पाकिस्तानलाई ९३ रनले हराएको इंग्ल्याण्ड सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि छनोट भएको छ । हिजो भएको अर्को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको थियो।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया