

श्रीलङ्का क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा


काठमाण्डाै : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन गरिएको भन्दै आईसीसीले सदस्यता तत्काल निलम्बन गरेको जनाएको छ ।
निलम्बनपछि आईसीसीले श्रीलङ्का क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर, निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्काको सहभागिता के हुने भन्नेबारेमा उल्लेख गरिएको छैन ।
आईसीसी बोर्डको हिजो बसेको बैठकले श्रीलङ्का क्रिकेटले आफ्नो मामिलामा स्वायत्त रूपमा व्यवस्थापन गर्न र श्रीलङ्काको क्रिकेटको नियमन वा प्रशासनमा कुनै सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्नका लागि सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लङ्घन गरेको कुरा निर्धारण गरेको छ ।
विश्व कपमा भारतसँग हारपछि श्रीलङ्काका खेलकुद मन्त्री रोशन रानासिङ्घेले सोमवार श्रीलङ्का क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गर्नुभएको थियो ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया