

देश अझै आर्थिक दबाबमा छ : प्रधानमन्त्री दाहाल



काठमाण्डौ
प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दबाबमा रहेको बताउनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका धेरैजसो सूचकहरु सकारात्मक हुन गए पनि अझै पनि आर्थिक दबाब कायम रहेको उल्लेख गर्नुभयो ।
उहाँले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउनु भयो । उहाँले देशमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताउनु भयो । उहाँले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महसुस भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेको सन्दर्भमा देशमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ । अहिले अर्थतन्त्रका धेरैजसो सूचकहरु सकारात्मक हुन गए पनि अझै पनि हामी आर्थिक दबाबमा छाैँ । यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने कुरा हामीले महसुस गरेका छौँ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढिरहेको छ ।’
प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गर्नुभयो । उहाँले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुन:स्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया