

अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम्ड आउट’ हुने पहिलाे खेलाडी बने एन्जेलाे म्याथ्युज


काठमाण्डाै
श्रीलङ्काका क्रिकेटर एन्जेलाे म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम्ड आउट’ हुने पहिलाे खेलाडी बनेका छन् ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत दिल्लीकाे अरुण जेटली स्टेडियममा बङ्गलादेश र श्रीलङ्काबीच भइरहेकाे खेलका क्रममा श्रीलङ्काका खेलाडी एन्जेलाे म्याथ्युज ‘टाइम्ड आउट’ भएका हुन् ।
आईसीसीकाे नियमअनुसार क्रिजमा रहेका खेलाडी आउट भएपछि त्याे खेलाडीकाे ठाउँमा जाने खेलाडी अधिकतम तीन मिनेटभित्र बल खेल्नका लागि तयार हुनुपर्छ । श्रीलङ्काका खेलाडी म्याथ्युज समयमै मैदानमा पुगेका थिए । तर हेलमेट ठीक नभएकाे भन्दै उनले निर्धारित समयभित्र बल खेल्न सकेनन् ।
त्यसपछि बङ्गलादेश टिमले अम्पायरलाई आईसीसीकाे नियमअनुसार म्याथ्युजलाई आउट दिन अपिल गरेका थिए । अम्पायरले बङ्गलादेश टिमकाे अपिललाई स्वीकार गर्दै म्याथ्युजलाई आउट दिए ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया