

बिश्वकप क्रिकेट : लगातार ४ खेलको हारपछि पाकिस्तानको पहिलो जित, बङ्गलादेश पराजित



काठमाण्डाै
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बङ्गलादेशलाई हराएकाे छ । आज मङ्गलवार भएकाे खेलमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले हरायाे ।
बङ्गलादेशले दिएकाे २ सय ५ रनकाे मध्यम लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायाे । बङ्गलादेशका लागि फखर जमानले सर्वाधिक ८१ रन बनाए । यस्तै अब्दुल्लाह शफिक ६८ रन बनाएर आउट भए । बलिङतर्फ बङ्गलादेशका मेहिदी हसन मिराजले ३ विकेट लिए ।
यसअघि काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भयाे । बङ्गलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र माेहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।
प्रतियाेगितामा लगातार ४ खेलकाे हारपछि पाकिस्तानकाे याे पहिलाे जित हाे । एकै संस्करणकाे विश्वकपमा पाकिस्तानले लगातार ४ खेलमा हार बेहाेरेकाे पहिलाे पटक हाे । पहिलाे खेलमा नेदरल्यान्ड्सलाई र दाेस्राे खेलमा श्रीलङ्कालाई हराएकाे पाकिस्तान त्यसपछि भने लगातार ४ खेलमा पराजित भएकाे थियाे । पाकिस्तान तेस्राे खेलमा भारतसँग, चाैथाे खेलमा अस्ट्रेलियासँग, पाँचाैँ खेलमा अफगानिस्तानसँग र छैटाैँ खेलमा दक्षिण अफ्रिकासँग पराजित भएकाे थियाे ।
आजकाे जितसँगै पाकिस्तान ७ खेलमा ६ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवाैँ स्थानमा छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया