

दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै





दाङ। दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि सो जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको हो ।
दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैँसी पाल्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिरसमेत जाने गरेको छ । दुग्ध विकास संस्थान ९डिडिसी० ले लमही तथा तुलसीपुर क्षेत्रबाट किसानले उत्पादन गरेको दुध सहकारीमार्फत खरिद गरेर लग्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । वार्षिक रूपमा प्रतिव्यक्ति ५४ लिटर दुध आवश्यक रहेको र जिल्लामा उत्पादित दुधले पुगिरहेको केन्द्रले जनाएको छ ।
जिल्लामा राजपुर दुधका लागि पकेट क्षेत्र भएको केन्द्रका प्रमुख सुधाम भट्ट बताउनुहुन्छ । भैँसी स्रोत केन्द्रका रूपमा रहेको राजपुरलाई आधुनिकीकरण गर्दै लग्न सके जिल्लामा प्रशस्त मात्रामा दुध उत्पादन गर्न सकिने केन्द्रका प्रमुख भट्ट बताउनुहुन्छ । कार्यालय प्रमुख भट्टले भन्नुभयो, “जिल्लामा राजपुर भैँसी स्रोत केन्द्रका रूपमा रहे पनि त्यहाँका अधिकांश किसानले परम्परागत रूपमै भैँसी पाल्ने गरेका छन् ।”
दाङको देउखुरी क्षेत्रमा राजपुर गाउँपालिकासँगै राप्ती गाउँपालिका, गढवा र लमहीका विभिन्न क्षेत्रमा दुधका लागि किसानले गाई तथा भैँसी पाल्ने गरेका छन् । त्यसै गरी दाङ उपत्यका अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिकासँगै घोराहीका केही ठाउँमा दुधका राम्रा ठाउँ रहेको प्रमुख भट्टले बताउनुभयो ।
लमहीका किसान हरि केसीका अनुसार पछिल्लो समयमा दुध उत्पादनका आधारमा दुई रुपियाँ प्रतिलिटर अनुदान दिन थापेपछि थप सहयोग मिलेको छ । दुध बिक्रीका लागि समस्या छैन । उत्पादन गर्न सकेको दुध बिक्री भइरहेको बताउँदै उहाँले किसानलाई घाँसको समस्या हुने गरेको बताउनुभयो । आर्थिक वर्ष २०७९र८० मा जिल्लामा वार्षिक ४४ हजार चार सय एक मेट्रिक टन दुध उत्पादन भएको छ । जसमा गाईको ३२ हजार १३ मेट्रिक टन र भैँसीको १२ हजार ४०६ मेट्रिक टन दुध उत्पादन भएको थियो ।
दुधमा ४३ लाख अनुदान
यसैबिच प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत किसानले दुधमा ४३ लाखभन्दा बढी अनुदान प्राप्त गरेका छन् । आव २०७८÷७९ को रेकर्ड अनुसार जिल्लामा ४३ लाख ९९ हजार दुई सय रुपियाँ किसानले अनुदान प्राप्त गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । घोराही, तुलसीपुर, लमही, शान्तिनगर र राप्ती गाउँपालिकामा रहेका सात वटा सहकारी संस्थामार्फत किसानलाई प्रतिलिटर दुई रुपियाँका दरले उक्त रकम वितरण गरिएको कार्यालयले जनाएको छ । गोरखापत्र अनलाईनबाट ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया