

भारतले न्युजिल्यान्डलाई चार विकेटले हरायो, विश्व कपमा २० वर्षपछि भारतसँग न्युजिल्यान्ड पराजित


काठमाण्डाै :
आईसीसी एकदिवसीय विश्व कप क्रिकेट २०२३ को शीर्ष स्थानमा रहेका दुई देशबीचको खेलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको छ ।
धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले एक सय ३० रन बनाए । यस्तै, रचिन रविन्द्रले ७५ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए ।
दुई सय ७४ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । विराट कोहलीले ९५ रन बनाए । कोहलीले ८ चौका र २ छक्का प्रहार गरे । न्युजिल्यान्डका लागि लोकी फर्गुसनले २ विकेट लिएका थिए । यो जितसँगै प्रतियोगितामा भारतको अपराजित यात्रा कायमै रह्यो ।
न्युजिल्यान्डलाई पराजित गरेसँगै भारतको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनेको छ । विश्व कप २०२३ मा भारतको यो लगातार पाँचौँ जित हो । प्रतियोगितामा न्युजिल्यान्डको अपराजित यात्रामा भने विराम लागेको छ । उसले यसअघिका चार खेलमा जित हासिल गरेको थियो ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया