

सुनको भाउमा नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो



काठमाण्डौ :
सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । यसअघि गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।
हिजो सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । आज तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनमा परेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर बनेको छ । यसले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया