

त्रिदेशीय शृंखला आजदेखि, पहिलो खेलमा नेपालले यूएईको सामना गर्दै


काठमाडौं ।
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला आजदेखि सुरु हुँदै छ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।
शृंखलाको पहिलो खेलमा नेपाली टिमले आज यूएईसँग खेल्नेछ । २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।
नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङ भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।
शृंखलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् । शृंखलाको फाइनल कात्तिक १० गते हुनेछ ।
प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछन् । नेपालले आईसीसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो शृंखला आयोजना गरेको हो ।
यसैबीच, यो शृंखलामा सन्दीप लामिछाने नखेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण शृंखलाबाट नाम फिर्ता लिएको बताएका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा अदालतमा विचाराधीन छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछाने टिममा नहुँदा असर पर्ने बताएका छन् । घरेलु मैदानमा बुधबारदेखि सुरु हुने त्रिदेशीय शृंखलाअघि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले सन्दीप नहुँदा टिममा असर पर्ने भए पनि टिम तयार रहेको बताएका छन् ।
शृंखलाअघि आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल क्रिकेट संघ (क्यान)ले ट्रफीसमेत सार्वजनिक गरिसकेको छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया