

एनएसवाइसी लाई पराजित गर्दै ब्रदर्श एफसीले उचाल्यो दोश्रो फुलबारी कपको उपाधि


कपिलवस्तु :
‘दोस्रो मोतिपुर फूलबारीकप फूटबल प्रतियोगिता’ को उपाधि ब्रदर्श क्लव चप्परगाउँले हात पारेको छ । वडा नम्बर ७ को फुलबारी रंगशालामा भएको निकै रोमाञ्चक खेलमा वडा नम्बर ८ बाट प्रतिनिधित्व गरेको एनएसवाइसी क्लवलमाथि संघर्षपूर्ण जित निकाल्दै ब्रदर्शले उपाधि जितेको हो ।
ब्रदर्शको जितमा खेलको पहिलो हाफमा फागुराम थारुले एक मात्र निर्णायक गोल गरे । खेलमा ‘म्यान अफ दि म्याच’ बनेका उनले हेडमार्फत् आकर्षक गोल गरेका थिए । उनले प्रहार गरेको बललाई विपक्षीका गोल रक्षकले नियन्त्रण गर्ने प्रयास गरे पनि चिप्लिएपछि बलले जाली चुम्न सफल भएको थियो ।
पहिलो हाफमा विपक्षीमाथि हावी बनेको ब्रदर्श दोश्रो हाफमा भने कमजोर देखिएको थियो । दोश्रो हाफमा ब्रदर्शका एक खेलाडीले रातो कार्ड पाएपछि भने चौवा हावी भयो । ब्रदर्शले रातो कार्ड पाएपछि एकै छिन् खेलमा तनावको स्थिति सिर्जना भएको थियो । खेलको अन्तिमतिर गोल गर्ने केहि मौका सिर्जना गरे पनि नतिजा नआउँदा चौवा उपविजेतामा सिमिति हुन पुगेको हो ।
उपाधिसंगै ब्रदर्शले नगद ८१ हजार शिल्ड, मेडल र प्रमाण पत्र हासिल गर्यो । दोश्रो स्थान हासिल गरेको चौवाले ३५ हजार शिल्ड मेडल र प्रमाण पत्र हासिल गरेको थियो । उनीहरुलाई प्रदेश सांसद विष्णु पन्थी, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए ।
करिब १ हजार ५ सय बढी दर्शकले साथ दिएको खेल निकै रोचक बनेको थियो । रंगशालाको चौतर्फी दर्शकले घरेका थिए । खेल हेर्नको लागि जिल्लाका बिभिन्न स्थानबाट खेलप्रेमीको सहभागिता थियो । समापन कार्यक्रमको संचालन पत्रकार पत्रकार राजेन्द्र खनालले गरेका थिए ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया