
मोबाइल मर्मतको लागि उत्कृष्ट गन्तव्य बन्दै दिप ज्योति मोतिपुर

कपिलवस्तु
देशमा बेरोजगारीको समस्याका कारण विदेश पलायनको समस्या भोगिरहेका नेपाली युवाहरुको समस्या यथावथै छ । पछिल्लो समय सीप र क्षमता हुँदा हुँदै पनि आवश्यक स्रोत र साधनको अभावमा व्यवसाय सञ्चालन गर्न नसकेर वैदेशिक रोजगारको शिलशिलामा धेरै युवाहरुले विदेशीयका छन् । देशमा केहि छैन् भनेर विदेशीने युवाका लागि प्रेरणाको स्रोत बनेका छन् युवा व्यवसायी बाल कृष्णा बेल्वासे (किरण) ।
बेल्वासेले आफ्नो परिवारले भोगेको बैदेशिक पिडा सहन नसकेर नै स्वदेशमा आफ्नै सीप र क्षमताको आधारमा केहि गर्छु भनेर निरन्तर मिहेनत गरेर मोबाइल व्यवसायमा ख्याती प्राप्ती गरेका छन् बाल कृष्ण बेल्वासे । १३ वर्षको लामो अनुभव बोकेका बेल्वासेले अहिले वाणगंगा नगरपालिका ७ मोतिपुरमा दिप ज्योति मोवाइल तथा भिडियो ग्राफी सञ्चालन गदैँ आएका छन् ।
आफु १७ बर्षको उमेर देखिनै देशको व्याप्त वेरोजगारीको समस्यालाई छिचोल्दै उच्चा शिक्षा उतीर्ण पछि उनको ध्यान टेक्निकल तिर ग¥यो र उनि मोवाईल सम्बन्धि तालिम लिइ ज्ञान हासिल गरे । त्यसपश्चात वि.स. २०६७ साल नै सामान्य मोवाइलबाट व्यपार सुरु गरेका उनि अहिले दैनिक १०/१२ ओटा मोवाइल बिक्री गर्ने छन् । मोबाइल सम्बन्धि उच्च ज्ञान हासिल गरेका बेल्वासे जस्तोसुकै मोबाइल सम्बन्धि समस्या समाधन गर्ने सक्षम मानिन्छन् ।
वि.स. २०६७ साल देखि कपिलवस्तुको वाणगंगा नगरपालिका मोतिपुरमा ५० हजारको लागतमा दिप ज्योति पुस्तक पसल तथा विविधबाट कारोबार सुरु गरेका पुँजी अहिले करिव २० लाख भन्दा माथि पुगेको दाबी गरेका छन् ।
एक दशक वितिसक्दा उनले आफ्नो सेवालाई निरन्तरता दिईरहेका छन् । नेपालमा केहि हुदैन् न भनेर विदेशीने युवाहरुका लागि हिम्मत र धौर्य गरे नेपालमा हरेक कुरा रहेको बेल्वासे बताउन्छन् । अहिले बेल्वासेले व्यापार मात्र गदैनन् युवाहरुलाई समेत रोजगार दिएका छन् ।
बेल्वासेले व्यवसाय सुरु गर्दा आफ्ना लागि उपयुक्त व्यवसाय पहिचान गर्ने, अनुभव वा ज्ञान भएको व्यवसाय रोज्ने, बजारको आवश्यकता बुझ्ने, लक्षित उपभोक्ताको पहिचान गर्ने, आर्थिक अवस्थाअनुसार व्यवसाय छनोट गर्ने, सहयोगी सञ्जालको विस्तार गर्ने, सेवा वा उत्पादनको विश्वसनीयता वृद्धि गर्ने जस्ता महत्वपुर्ण पक्षलाई ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
ग्राहकको चाहनालाई ध्यानमा राखेर सेवा प्रदान गदै आएका बेल्वासे वाणगंगा नगरपालिका भित्रका एक उच्च मोबाइल टेक्निसीयनका रुपमा प्रख्यात समेत रहेका छन् ।
एप्पल ब्राण्ड देखि हरेक मोबाइलका मोवाइल मर्मत गर्ने बेल्वासेले बजार र ग्राहकको माग अनुसार सेवा दिएका छन् । पछिल्लो समय युवाहरुको र मोवाइल मर्मतका लागि उत्कृष्ट गन्तव्य नै दिप ज्योति मोवाइल रहेको ग्राहकहरुको बुझाइ रहेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया